Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकाका कर्मचारीकै मिलोमतोमा दलित समन्वय समिति पुनर्वासले ट्रान्समिटर खरिदमा ब्यापक हिनामिना भएकोे छ  । दलित समन्वय समितिले दलित समुदाय लक्षित कार्यक्रम अन्तर्गतको पुनर्वास नगरपालिकाबाट ५ लाख ३४ हजार रकम भुक्तानी लिइ हिनामिना गरेका हुन् ।

समन्वय समितिले ट्रान्समिटर नै खरिद नगरी, खरिद गरेको भ्याट बिल पेश गरी आर्थिक हिनामिना गर्नुमा नगरपालिकाको कर्मचारीको पनि उत्ति नै संलग्नता देखिन आएको छ । प्राबिधिकले सम्बन्धित स्थानमा ट्रान्समिटर पुगे नपुगेको ठहर नै नगरी हचुवाको भरमा रकम भुक्तानीको लागि सिफारी पत्र पेश गरिदिनु र सिफारी पत्र उपर अन्धो तोक आदेश हुनुले सो आर्थिक हिनामिनामा प्राबिधिक ओमनाथ ढकाल र कार्यकारी अधिकृत अर्जुनसिंह कार्कीको समेत मिलोमतो रहने प्रष्ट देखिएको छ ।

सर्वसाधारणको सामान्य कुरा नमिल्दा काम नै नगरी नियम र कानूनका वकालत गर्ने पुनर्वास नगरपालिकाका कर्मचारीले हचुवाको भरमा समन्वय समितिलाई रकम भुक्तानी गरिदिएको घटना यतिखेर निक्कै चर्चामा रहेको छ । भने उता समन्वय समितिले ट्रान्समिटर खरिदका लागि धनगढीका केडी ईलोक्ट्रोनिक्स्लाई साउन १९ गते भुक्तानी हुने गरी दिइएको २ लाख ११ हजारको चेक समेत बाउन्स भएको छ ।

बाउन्स चेक भएकै कारण सम्बन्धित स्थानमा अाज दिउँसोसम्म ट्रान्समिटर पुग्न नसकेको श्रोतले जनाएको छ । नगरपालिकाबाट असार मसान्तमै ट्रान्समिटर ल्याइसकेको भनी कृते कागजात बनाइ निकालिएको रकमसमेत सम्बन्धित ठाउँमा नपुग्नुले ब्यापक आर्थिक हिनामिना भएको श्रोतले दाबी गरेका छन् ।

ढुवानीसहित लगभग ४ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको ५० कोभीको विद्युत ट्रान्समिटरलाई समन्वय समितिले २ लाख नगद र बाँकीचेकमा भुक्तानी हुने गरि दिएको चेक, बाउन्स भएको केडी ईलोक्ट्रोनिक्स्का सञ्चालक दिपेश चटौतले भने-“मैले बारम्बार ताकेता गरेको छु, ट्रान्समिटर मगाइदिइसकेको छु, लिन सोमबार पनि आउँने कुरा थियो आउँनु भएन, मंगलबार आउँने कुरा छ, यदि मंगलबार पनि नआए बाउन्स चेकको फोटोकपी तपाईंलाई दिदिन्छु ।”दलित समन्वय समितिका अध्यक्ष लक्ष्मण वि.क.लाई यस विषयमा कुरा गर्दा यो आन्तरिक मामला भएको बताउँदै यस विषयमा कुरा नै गर्न चाहेनन् ।

बरु फेस टू फेस भेटेर यो विषयमा सोधपुछ गरे बरु आन्तरिक कुरासमेत बताउँदै उनी फोनवार्ताबाटै बाहिरिएका थिए । सम्बन्धित स्थानमा ट्रान्समिटर पुगे नपुगेको ठहर नै नगरी हचुवाको भरमा रकम भुक्तानीको लागि सिफारी गरेको पुनर्वास नगरपालिकाका प्राबिधिक ओमनाथ ढकालले स्वीकार गरेका छन् । ट्रान्समिटर खरिदका लागि आफु समन्वय समितिसँगै गएको र ट्रान्समिटर हेरेपछि खरिद गर्नु भनी आफु महेन्द्रनगर हिडेको कारण यस्तो भयो उनले भने -“समितिले ट्रान्समिटर खरिद गरी लगिसक्यो भनेपछि मैले विश्वासको आधारमा रिपोर्ट तयार गरिदिएँ, गलत गरेको हुँ तर गलत नियतले गलत गरेको हैन, मैले यो काम वाफत एककप चियासमेत खाको छैन ।”

दलित समन्वय समितिले पुनर्वास नगरपालिकाबाट असार मसान्ततिर भुक्तानी लिएर गएको पुनर्वास नगरपालिकाका कार्यकारी अधिकृत अर्जनुसिंह कार्कीले बताए । प्राबिधिकको रिपोट र ट्रान्समिटर खरिदको भ्याट बिल हेरेपछि आफुले सहमतिमा हस्ताक्षर गरेको हुँ उनले भने -“ट्रान्समिटर आए नआएको स्थानमा गएर हेरिन, मैले कागजात मात्रै हेरेको हुँ कागजमा सबै कुरा प्रबिधिकले भइसक्यो भनेपछि गोश्वारा भौचरमा हस्ताक्षर गरेको हुँ ।” सर्वसाधारणको करबाट अर्जिएको बजेटमा यसरी सानोदेखि ठूलोसम्मको चलखेलले देश र समाज कुन दिशातिर धकेलिएला ? पाँचै लाखको बजेटमा यतिसाह्रो चलखेल हुन्छ भने करोडमा कत्ति होला ? प्राबिधिकलाई दोषी देखाएर आफू पानीमाथिको ओभानो हुने कार्यकारीको भनाइमा कत्तिको सत्यता छ ।

यदि कार्यकारी अधिकृतले भनेझैं प्राबिधिकको गलत रिपोटले नै यो गलत भएको हो भने गलत रिपोर्ट पेश गर्ने प्राबिधिकलाई कस्तो किसिमको सजाए हुन्छ ? सर्वसाधारणदेखि नगरपालिकाको कार्यकारीको आँखामा छारो हालेर रकम निकासा गरी आर्थिक हिनामिना गर्ने दलित समन्वय समितिका पदाधिकारीलाई अब कस्तो कारबाही होला ? यो त जनताले हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया