Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – लोग्ने स्वास्नीमा मतभेद बढ्नु नै सम्बन्ध विच्छेदको कारक हो । तर इण्डोनेसियामा भने मान्छेका पति पत्नीबीच सम्बन्ध विच्छेद बढ्नुको दोष परेवालाई दिइएको छ ।

मध्य जाभा प्रान्तस्थित पूर्वालिंगा धार्मिक अदालतका अधिकारीका अनुसार उक्त अदालतमा जुलाई महिनामा मात्रै सम्बन्ध विच्छेदका ३० वटा मुद्दा दायर भए । जबकी जुन महिनामा १३ वटा मुद्दा दायर भएका थिए । सम्बन्ध विच्छेदको मुद्दा दायर गर्नेमा अधिकांस महिला छन् ।

फिरादपत्रमा उल्लेख भए अनुसार उनीहरुले सम्बन्ध विच्छेद गर्न चाहनुको कारण आर्थिक समस्या नै हो । लोग्नेको लत परेवा उडाई खेलमा बस्दा समस्या उत्पन्न भएर जिवन नै चलाउन कठीन भएको पत्नीहरुको जिकिर छ । इण्डोनेसियामा परेवा उडाई अर्थात् पिजन रेस नै चर्चित छ ।

प्रतियोगिता जित्न सके आफ्नो परेवा हजारौँ रकममा बेच्न सकिने र मोटो रकम पुरस्कार पाइने लोभमा धेरै मानिसहरु आ आफ्ना परिवार लिएर परेवा उडाइमा लिप्त हुन्छन् । लोग्नेहरुले परिवारलाई समय दिनुको साटो पूरै दिन परेवासँगै बिताउन थालेपछि महिलाहरु दिक्क भएका छन् ।

पूर्वालिंगा क्षेत्रमा धेरै महिला कामकाजी छन् तर पुरुषहरु चाहीँ पाइलट छन् । उनीहरु कुनै जहाज उडाउने पाइलट होइन, परेवा उडाउने पाइलट । सुगा उडाइ खेलमा बाजी थाप्ने र रकम हार्ने हुनाले पनि परिवारमा आर्थिक संकट थप्ने गरेको छ । -बीबीसीबाट..

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया