Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करको विषयमा अनावश्यक झमेला दिएको जनाउँदै इंग्ल्याण्ड फिर्ता हुन चाहेको बताएका छन् ।

रियल मड्रिड क्लबबाट खेल्दै आएका पोर्चुगलका खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बराबरको कर छली गरेको आरोप लागेको छ ।

स्पेनमा यसअघि बार्सिलोनाका स्टार लियोनल मेस्सीमाथि पनि कर छलीको आरोप लागेको थियो ।  स्पेनका अन्य खेलाडीलाई पनि कर छलीको आरोप लाग्ने गरेको छ । रोनाल्डोले आफ्नो बढ्दो प्रसिद्धिलाई प्रभावित पार्नको लागि करको झमेलामा आफूलाई अल्झाएको दाबी गरेका छन् ।

चारपटक बलोन डि ओर जितेका रोनाल्डोले कर छलीको आरोप प्रमाणित भएमा दुई करोड असी लाख युरो जरिवाना र तीज वर्षको जेल सजाय भोग्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया