Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौ – माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ गतेभित्रै नेपालको नयाँ संविधान निर्माण हुने बताएका छन् । आफ्नै निवास लाजिम्पाटमा शनिबार संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनका विशेष प्रतिनिधि स्यामुअल ताम्राटलगायतको प्रतिनिधिमण्डलसँगको भेटमा उनले उक्त कुरा बताएका हुन् ।
उनले राजनीतिक दलहरुबीचमा गत बिहीबार भएको पाँचबुँदे सहमतिले सहमतिको सरकार गठन हुने वातावरण बनेको र सो सहमतिले संविधान लेखनको कामलाई समेत अगाडि बढाउनका लागि सहजता प्रदान गरेको बताउनुभएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
भेटमा विशेष प्रतिनिधि ताम्राटले शान्तिप्रक्रिया र संविधान निर्माणका लागि अध्यक्ष दाहालले खेल्नुभएको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए ।
उनले अध्यक्ष दाहालको नेतृत्वमा नेपाल विकास र आर्थिक उन्नतिको दिशामा अगाडि बढ्ने र राजनीतिक स्थिरता प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।
भेटमा ताम्राटले संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि मुनले छिट्टै नेपालको भ्रमण गर्न चाहेको बताउँदै केही समय अगाडि स्थगित गरिएको भ्रमण नेपालको कारण नभई महासचिवको कार्यव्यस्तताकै कारण भएको जानकारी गराएका थिए ।
नेपालको शान्तिप्रक्रियाले गति लिएकोमा खुसी व्यक्त गर्दै ताम्राटले संविधान निर्माणको कामलाई पनि आगामी जेठ १४ गतेसम्म नै पूरा हुनेमा संयुक्त राष्ट्रसङ्घले विश्वास लिएको बताएका थिए ।
भेटमा संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रोवर्ट पाइपरलगायतको उपस्थित रहेको थियो ।
तपाईको प्रतिक्रिया