Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

बेलायत – बेलायतका मोहम्मद फराहले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

लण्डन स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धामा ओलम्पिकमा स्वर्ण पदक जितेका तथा प्रतियोगिताका साबिक विजेता फराहले स्वर्ण पदक जितेका हुन् ।

उनले लगातार तेस्रो पटक यो स्पर्धामा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् । स्वर्ण पदक जितेका फराहले निर्धारित दूरी २६ मिनेट ४९ दशमलव ५१ सेकेण्डमा पूरा गरे । यो स्पर्धामा युगाण्डाका जोशुए चेपटेगेइले रजत तथा केन्याका पउल तानुइले काश्य पदक जिते ।

तपाईको प्रतिक्रिया