Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
काठमाडौं- एमाले नेता भीम रावलले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा एमाले सहभागी हुने दाबी गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले पार्टीले पाँचबुँदे सहमतिलाई स्वीकार गरिसकेकाले सरकार नजाने प्रश्नै नभएको बताए ।
‘प्रमुख दलहरुबीच भएको पाँचबुँदे सहमतिमा एमालेले हस्ताक्षर गरिसकेको छ,’ उनले भने- राष्ट्रि सहमतिको सरकारका निम्ति एमालेले दुई, दुई पटक प्रधानमन्त्री पदत्याग गरेकाले अब सरकारमा नजाने प्रश्नै छैन ।
पार्टी केन्द्रीय कमिटीमा छलफल नटुंगिँदासम्म एमाले सरकारमा नजाने निष्कर्ष निकाल्नु हतार हुनेछ ।
नेता रावलले पाँचबुँदे सहमतिमा विदेशी चलखेल भएको भन्ने आरोपको खण्डन पनि गरे । ‘विशेष समितिको सचिवालयमा भएको बैठकमा मध्यराति अन्तिम समयसम्म म आफैं थिएँ,’ उनले भने, ‘त्यहाँ मैले कुनै विदेशी देखिनँ । कसैले कोही विदेशी देखेको भए भनिदिनोस् ।’
तपाईको प्रतिक्रिया