Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – संसदको सार्वजनिक लेखा समितिले आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धिका लागि भन्दै जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गरेको छ ।

समितिको आज बसेको बैठकले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा निगमले विधि र प्रक्रियामा त्रुटि गरेको ठहर गर्दै खरिद प्रक्रियामा संलग्नलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ । समितिले जग्गा खरिदको सम्पूर्ण प्रक्रिया, सम्लग्न ब्यक्ति, सरोकार निकाय र आवश्यक कागजपत्रको सुक्ष्म अनुसन्धान गरी आवश्यक कारवाही गर्न अख्तियारलाई आग्रह गरेको हो ।

जग्गा प्राप्ती ऐन २०३४ बमोजिम खरिद गर्नुपर्नेमा निगमद्वारा सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक प्रशासन तथा खरिद सम्बन्धित विनियमावली २०६४ बमोजिम बोलपत्रको माध्यमबाट प्रक्रिया अगाडि बढाउनु पर्नेमा विधि र प्रकृया नै त्रुटिपूर्ण भएको ठहर समितिले गरेको सदस्य रामहरी खतिवडाले जानकारी दिनुभयो ।

साथै बास्तविक जग्गाधनीलाई वेवास्था गर्दै निगमले एजेन्टमार्फत जग्गा खरिद गर्दा प्रचलित दररेट भन्दा कयौं गुणा बढी रकम तिरेको समितिको ठहर छ ।

तपाईको प्रतिक्रिया