Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै संसदको लेखा समितिले आयल निगमका पदाधिकारीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बिहान बसेको समितिको बैठकले जग्गा खरिद प्रक्रियामा अनियमितता गरेकाले निगमका महाप्रबन्धक गोपालबहादुर खड्कासहितका पदाधिकारीलाई छानबिन गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय भएको लेखा समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

यस्तै अनियमितता गरेको विषयमा साझा प्रकाशनलाई पाँच दिनभित्र सबै विवरण पेश गर्न निर्देशन दिएको छ । प्रकाशनका महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मालाई करारमा नियुक्त गरिएका कर्मचारीको भर्ना प्रक्रिया, सामान खरिद बिक्री, लेखा परीक्षण, पुस्तक प्रकाशनलगायतका सबै विवरण पाँच दिनभित्र समितिमा बुझाउन निर्देशन दिइएको छ ।

साझा प्रकाशनमा अनियमितता भएको खबर सार्वजनिक भएपछि लेखा समितिले यसबारे महाप्रबन्धक शर्मा र शिक्षा सचिव शान्तबहादुर श्रेष्ठसँग छलफल गरेको हो । यसअघि नै शिक्षा मन्त्रालयले साझा प्रकाशनमा भएको अनियमितताबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया