Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– प्रधानमन्त्री डा. बावुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच शनिबार बिहान भेटवार्ता भएको छ  ।
सहमतिको राष्ट्रिय सरकारलाई शनिबार साँझसम्म पूर्णता दिने विषयमा केन्द्रित रहेर उहाँहरु विच छलफल भएको छ । भेटमा सभापति कोइरालाले शनिबार साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रिहरुको नाम पठाइसक्ने बताउनु भयो । कोइरालाले सरकारमा को को पठाउने भन्नेबारे पार्टीमा छलफल चलिरहेको बताउँदै साँझसम्म त्यो निष्कर्षमा पुग्ने जानकारी दिनुभयो ।
त्यस्तै शनिबार विहान नै प्रधानमन्त्री डा. भट्टराई र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच टेलिफोन वार्ता भएको छ । टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले शनिबार नै सरकारलाई पूर्णता दिएर संविधानको कामलाई समयमै जारी गर्नका लागि तिव्रतापूर्वक अगाडि बढाउनु पर्ने बताउनुभयो । सरकार बिस्तारमा ढिलाई भएमा संविधान निर्माण प्रक्रियामा पनि ढिलाई हुने बताउँदै प्रधानमन्त्रीले शनिबार नै सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको नाम पठाउन अध्यक्ष खनाललाई आग्रह गर्नुभयो ।
पाँच बुँदे सहमति अनुसार  सरकालाई शनिबार नै पूर्णता दिई बेलुकी ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया