Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले जर्मनीमा भएको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई टाइब्रेकरमा हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो । निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । निर्धारित समयका लिभरपुलका लागि रोबर्टो फिरमिनो र एथ्लेटिकोका लागि केइडी बारेले गोल गरे ।

टाइब्रेकरमा लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको प्रहार गोलमा परिणत हुन नसक्नु घातक बन्यो । लिभरपुल जर्मन क्लब बार्यन म्युनिखलाई हराएर फाइनलमा पुगेको थियो । तर फाइनलमा इटालीय क्लब नापोलीलाई हराएर आएको एथ्लेटिकोसँग निरास बन्नु पर्‍यो ।

आउडी कपको यो पाँचौं संस्करण हो । विभिन्न देशका फुटबल एसोसिएसनसँग सम्बन्धित चार क्लबबिच दुई दिन जर्मनीको म्युनिखमा हुने यो प्रि–सिजन फुटबल प्रतियोगिता हो । यसलाई प्रतियोगिता भन्दा पनि मैत्रीपूर्ण खेलको रुपमा लिने गरिएको छ ।

तपाईको प्रतिक्रिया