Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी जाने निश्चित भएको छ । स्पेनिय जायन्ट बार्सिलोनाले आफ्ना फरवार्डलाई क्लब छाड्न अनुमति दिएसँगै नेयमार कीर्तिमानी मुल्यमा पीएसजी जाने पक्का भएको हो ।

स्पेन पुगेका नेयमारले आज मात्रै टिमका सहकर्मीसंग बार्सिलोना छाड्न लागेको पुष्टि गरेका छन् । फ्रान्सेली क्लब पीएसजीले विश्व फुटबलको कीर्तिमानी मुल्य १९ करोड ८० लाख पाउण्डमा नेयमारलाई भित्राउने तयारी गरिरहेको थियो । बार्सा प्रशिक्षक अर्नेस्टो वेलवेर्डेले ट्रेनिङ सेसनमा नेयमारको भविष्यको बिषयमा कुराकानी गर्दै क्लब छाड्नका लागि अनुमती दिएका थिए ।

बार्साले नेयमारको रिलिज क्लज १९ करोड ८० लाख पाउण्ड तोकेका छ । फ्रान्सेली क्लब पीएसजी विश्व फुटबलका सुपरस्टार नेयमारलाई सो रकम तिर्न तयार छ । बार्साले सन् २०१३ मा नेयमारलाई ब्राजिलियन क्लब सान्तोषबाट ४ करोड ८६ लाख पाउण्डमा क्लबमा ल्याएको थियो । -एजेन्सी

तपाईको प्रतिक्रिया