Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
‘बाध्यतामा सही गरें’
काठमाडौं– नेकपा एमाले अध्यक्ष झलनाथ खनालले बाबुराम भट्टराई नेतृत्वको सरकारमा जाने इच्छा आफूलाई पनि नभएको बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सहमतिप्रति आलोचना गर्दै भट्टराई सरकारमा जान नहुने तर्क गरेपछि खनालले यस्तो बताएका हुन् । ‘सहमतिका लागि सवै दल तयार भए, एमालेमात्रै विरोधमा गएको भए हामीलाई संविधानविरोधी कित्तामा राखेर प्रचार गर्ने बुझियो,’ एक केन्द्रीय सदस्यले खनालको भनाइ उद्धृत गर्दै भने, ‘बाध्यतामा सहमतिमा हस्ताक्षर गरें, मलाई पनि यो सरकारमा जान इच्छा छैन ।
खनालसँगै सहमतिमा उपस्थित भएका बरिष्ठ नेता माधवकुमार नेपाल र ईश्वर पोखरेलको पनि बैठकमा आलोचना भयो । सरकारमा जानुपर्ने पक्षमा एमालेका मुकुन्द न्यौपाने र बंशीधर मिश्रमात्र थिए ।
केन्द्रीय कमिटी बैठकले शनिबार पार्टी सरकारमा जाने कि नजाने टुंगो लगाउने एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिए ।
तपाईको प्रतिक्रिया