Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– आफ्नै चालकलाई हुँदै नभएको जग्गा बेच्ने पूर्वमन्त्री खगेन्द्र प्रसाईं पक्राउ परेका छन् ।
लमजुङका दुर्गा परियारलाई हुँदै नभएको जग्गा ‘राम्रो छ’ भन्दै बिक्री गरेर साढे पाँच लाख रुपैयाँ लिएको आरोपमा प्रसाईं पक्राउ परेका हुन् । प्रसाईं एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको मन्त्रिमण्डलमा संस्कृतिमन्त्री थिए ।
प्रसाईं संस्कृति मन्त्री हुँदा परियार उनका सवारी चालक थिए । काठमाडौं प्रहरीले प्रसाईंलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रसाईंको ठगी काण्डमा संलग्न दुई जना भने फरार छन् ।
तपाईको प्रतिक्रिया