Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
वासिङ्टन- अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या गर्ने योजना बनाइ सकेका थिए। यस कामका लागि उनले आफ्ना खास मानिने इलियास कश्मिरीलाई चुनेका थिए।
आफ्नो योजनालाई मूर्त रुप दिने जिम्मेवारी उनले कश्मिरीलाई दिइ पनि सकेका थिए। योजना अनुसार अफगानिस्तानमा तैनाथ अमेरिकी जनरल डेविड पेट्रियसको पनि हत्या पनि सामेल थियो।
लादेनले ओबामा र पेट्रियसको हत्या गर्न चाहेको एबटाबादको घरबाट बरामद गरिएको दस्तावेजका आधारमा अमेरिकी आतंक निरोधक संस्था सिटिसीले बिहिबार बताएको छ।
सिटिसीको प्रतिबेदन अनुसार ओसामाले मुस्तफा अबु अल याजिदलाई यस मिसनलाई पूरा गर्न आतिया र इतियास कश्मिरीको अगुवाइमा दुई वटा युनिट तयार पार्न निर्देशन पनि दिएको थियो।
पहिलो युनिट पाकिस्तानबाट र दोस्रो अफगानिस्तानको बगराममा तैनथ रहेर ओबामा र पेट्रियसको विशेष विमान ‘एयरफोर्स वन’लाई लक्ष्य बनाउनु थियो।
ओबामाको हत्या भए अमेरिकाको बागडोर उपराष्ट्रपति बिडेनको हात जाने र त्यसपछि अमेरिकामा आफ्नो पहुच सहज हुने ठहर लादेनको थियो। उता पेट्रियसको मुत्युले अफगानिस्तानमा अमेरिकी शक्ति कमजोर हुने थियो।
बिन लादेनको एबटाबाद स्थित घरबाट बरामद दस्तावेजका आधारमा उनी सुरक्ष सचिव रोबर्ट गेट्स, सेनाका संयुक्त कमान प्रमुख एडमिरल माइक मुलेन र पाकिस्तान तथा अफगानिस्तानका लागि विशेष दूत रिचर्ड हलबुकलाई भने मार्न चाहन्नथे।
तपाईको प्रतिक्रिया