Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट एमालेमा भने सरकारमा नजानेको बहुमत देखिएको छ ।
पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा नजाने पक्षमा बहुमत देखिएको एक केन्द्रीय सदस्यले बताए । ‘बाबुराम भट्टराई नेतृत्वको सरकारमा नजाने अडान पार्टीको पुरानै हो,’ ती केन्द्रीय सदस्यले भने, ‘अडानमा शीर्ष नेताहरु कसरी च्युत हुनुभयो थाहा छैन ।’
बिहीबार राति भएको पाँच बुँदे सहमतिमा दुई दिनभित्र भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख छ । बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको सहमतिमा एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेका छन् ।
बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले पाँच बुँदे सहमतिबारे केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिया