Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – अखिल नेपाल फुटवल संघ एन्फाको कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

ए डिभिजन क्लव रुस्लान थ्रीस्टारलाई क्षतिपुर्ति दिने विषयमा हिजो सहमतिमा पुग्न नसकेपछि बैठक आज अपराह्न २ बजेसम्मका लागि स्थगित भएको थियो । तर, महासचिव धिरेन्द्र प्रधानले बैठक बस्नु १ घण्टाअघि सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराउनु भएको छ ।

सूचनामा भनिएको छ, ‘एन्फाका अध्यक्षको निर्देशन अनुसार विशेष कारणवश केन्द्रीय समिति बैठक अर्को सूचना नभएसम्म्का लागि स्थगित गरिएको छ ।’ हिजोको बैठकमा ए डिभिजन लिग, महिला प्रतियोगिता, फुटसल प्रतियोगिता र भौतिक पूर्वाधारका विषयमा छलफल भएको केन्द्रीय सदस्य एवं फुटसल समितिका प्रमुख रमेश रायमाझीले जानकारी दिनुभयो ।

एन्फाको लापरबाहीको कारण एएफसी एशिया कपको दोस्रो चरणमा खेल्न नपाए बापत थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयमा निर्णय गर्नुअघि लापरबाहीमा संलग्नलाई कारबाही गर्नुपर्ने आवाज बैठकमा उठेको थियो ।

त्यस्तै बैठकमा आगामी भदौ २५ गते विशेष साधारणसभा गर्ने र एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी डिसेम्बर ३१ मा निर्वाचन गर्ने प्रस्ताव आएको छ ।

हिजोको बैठकमा एन्फाका मानार्थ अध्यक्ष टासी घले, उपाध्यक्ष वीरबहादुर खड्का, केन्द्रीय सदस्यहरु पंकजबिक्रम नेम्वाङ, वसन्त अर्याल र सहमहासचिव किरण राई लगायतले दोषीमाथि कारबाही गरेपछि मात्रै क्षतिपूर्तिको निर्णय गर्न उपयुक्त हुने अडान राखेका थिए ।

कर्मचारी गोकुल थापालाई छानबिन समितिले दोषी करार गर्दै कारबाहीको लागि सिफारिश गरेको थियो । कर्मचारीलाई कारबाहीन गर्ने बारे मतऐक्यता नहुने भएपछि बैठक स्थगित गरिएको एन्फा स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया