काठमाडौ – हंगेरीको बुडापेस्टमा भइरहेको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा बेलायतका एडम पिटीले पौडीको ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका छन् ।
सेमिफाइनलमा नयाँ विश्व कीर्तिमान बनाएका पिटीले बुधबार राति भएको फाइनलमा २५ दशमलव ९९ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो भएका हुन् ।
उनले सेमिफाइनलमा २५ दशमलव ९५ सेकेण्डमा पौडी पूरा गेर आफैले बनाएको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।
साबिक विजेता पिटीले उपाधि रक्षा गरे पनि सेमिफाइनलमा बनाएको विश्व कीर्तिमानमा सुधार भने गर्न सकेनन् ।
५० मिटर ब्रेस्ट स्ट्रोकमा ब्राजिलका जोएओ गोमेजले रजत तथा दक्षिण अफ्रिकाका क्यामरोन भान डेर बुर्गाले काश्य पदक प्राप्त गरे ।
स्वर्ण पदक जितेका २२ वर्षे पिटीले यसअघि बुडापेस्टमा सोमाबार एक सय मिटर ब्रेस्टस्ट्रोकमा पनि उपाधि जितेका थिए ।