Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं । श्रमिक गेष्ट प्यालेसको समुद्घाटन कार्यक्रम मई दिवसको अवसर पारेर काठमाडौंमा सुसम्पन्न भएको छ । बुद्धिराज अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कतारका लागि नवनियुक्त राजदुत डा. माया कुमारी शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो भने गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका सचिव टिवि कार्की तथा श्री श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री सोमवर गिरीजी महाराज विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो ।
त्यस्तैगरी अन्य अतिथिहरुमा एविसी टेलिभिजनका प्रोडक्सन म्यानेजर किरण मरहट्टा, श्रमिक रेमिटका प्रवन्ध निर्देशक आरवि लामा, श्रमिक रेमिटका अध्यक्ष तारा मंगोल, राष्ट्रप्रेम बचत तथा ऋण सहकारी संस्थाका प्रवन्ध निर्देशक माधव भुषाल तथा होटल व्यवसायी संघका प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।

श्री श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी श्री सोमवर गिरीजी महाराजको बाहुलीबाट प्रसाद ग्रहण कार्यको समाप्तीपछि मुक्तिप्रसाद अधिकारीबाट शुभकामना मन्तव्य राखिएको थियो । छरिएर रहेका पूँजीलाई सामूहिक लगानीको अवधारणा अनुरुप एकत्र रुपमा लगानी गर्ने अभियानको सराहना गर्दै भावी दिनमा विश्वभर रहेका गैर आवासीय नेपालीहरुले यस्तै सोचलाई व्यवहारिक रुपमा उतार्न सके फलदायी हुने बताए ।

त्यस्तैगरी श्रमिक रेमिटका अध्यक्ष तारा मंगोलले विदेशमा कमाएको रकमलाई स्वदेशमा सामूहिक रुपमा एकत्रित गरी यस्तो अभियानको प्रार्दुभाव सवैको लागि सन्देश बन्ने बताए । श्रमिक रेमिटका प्रवन्ध निर्देशक आरवि लामाले विदेशमा रहेका लगानी गर्न इच्छुक गैर आवासीय नेपालीहरुलाई पनि समाविष्ट गर्दै अगाडि बढ्ने आफ्नो अभियान रहेको बताए । मकवानपुर, चितवन, तनहुँ, नवलपरासीमा आगामी दिनमा कृषिजन्य वस्तु उत्पादन गरी थप टेवा पुरयाउने उद्देश्य रहेको बताए ।

कार्यक्रमका सभापति बुद्धिराज अर्यालले प्रथम चरणको यस अभियानमा हाम्रो समूह पूर्णतः सफल रहेको दावा गर्दै यसलाई सुव्यवस्थित ढंगबाट अगाडि बढाई नमूना गेष्ट प्यालेसको रुपमा आफुलाई स्थापित गर्न सफल हुन कामना गरे । गणेश ढकालद्वारा सञ्चालित सो कार्यक्रममा अन्य विभिन्न बक्ताहरुले आगामी दिनमा सफलता हासिल गरोस् भनी कामना पनि गरे । ***

तपाईको प्रतिक्रिया