Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ । बैठकले तीन महिना पछि हुने एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ । आजको वैठक ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुनेछ ।

एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव आन्दोलित छ । उसलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाभिब भएपनि आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भएकोले सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार छैन ।

थ्रि स्टार क्लब भने आफुलाई क्षत्ीपुर्ती नदिएसम्म कुनै पनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोका समेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।

तपाईको प्रतिक्रिया