Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – विश्व प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासंघद्वारा आज बिहान प्रभातफेरी आयोजना गरियो। भृकुटीमण्डपबाट सुरु भएको सो प्रभातफेरी सहरका विभिन्न भाग परिक्रमा गर्दै सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो।

प्रभातफेरीमा महासंघका पदाधिकारी, पूर्वसभापति एवम् पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी एवम् नागरिक समाजका अगुवाको सहभागिता थियो।

सो अवसरमा महासंघका अध्यक्ष शिव गाउँलेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अहिले पनि खतरामा रहेको र व्यावसायिक सुरक्षा नभएको धारणा राखे।

महासचिव ओम शर्माले नयाँ संविधानमा अन्तरिम संविधानले प्रदान गरेका स्वतन्त्रतालाई समावेश गर्न आवश्यक भएको बताए। महासंघका अनुसार विसं. २०५८ देखि हालसम्म सशस्त्र द्वन्द्वका क्रममा ३३ सञ्चारकर्मीको मृत्यु भइसकेको छ भने तीन सञ्चारकर्मीको अवस्था अझै अज्ञात छ।

यसै उपलक्ष्यमा महासंघ पर्सा शाखाद्वारा पनि आज बिहान प्रभातफेरी गरियो। प्रभातफेरीपछिको सभामा महासंघका जिल्ला अध्यक्ष अशोक तिवारी र सल्लाहकार केसी लामिछानेले मर्यादित पत्रकारिताको विकासका लागि पत्रकारको व्यावसायिक र भौतिक सुरक्षा हुनुपर्नेमा जोड दिए। ***

तपाईको प्रतिक्रिया