Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – भारत आइसिसी महिला विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार राति इंग्ल्याण्डको डर्बीमा भएको खेलमा भारतीय महिला टिमले अस्ट्रेलियाको महिला टिमलाई ३६ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

दुई सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४५ रन बनायो । उसका लागि एजे ब्ल्याकवेलले ९० तथा इजे भिल्लानीले ७५ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको भारतीय महिला टिमले निर्धारित ४२ ओभरमा ४ विकेटको क्षतिमा दुई सय ८१ रन बनायो । भारतको जितमा हिरो बनिन् हरमनप्रित कौर ।

उनले एक सय १५ बलमा नटआउट एक सय ७१ रन बनाइन् । यसक्रममा उनले ७ छक्का र २० चौका प्रहार गरिन् । फाइनलमा अब भारतले आइतबार लर्ड्समा इंग्ल्याण्डसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया