Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
जनकपुर- १८ गतेको बम विष्फोटको विरोधमा भइरहेको जनकपुर बन्दको कार्यक्रम बिहीबारबाट फिर्ता भएको छ ।
विष्फोटमा परी ज्यान गुमाएकाहरुलाई शहीद घोषणा, मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेहरुको उपचारलगायतका मागहरु सरकारले पूरा गर्ने वाचा गरेपछि बन्द फिर्ता भएको हो ।
त्यसैगरी बैशाख २२ गतेदेखि जनकपुरमा हुन गइरहेको सदभावना पार्टीको राष्ट्रिय महाधिवेशनलाई ध्यानमा राख्दै  बन्द फिर्ताका लागि आग्रह गरिएको सदभावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभएको छ ।
बन्दले मुलुकभर र विदेशबाटसमेत अतिथिहरु आउने महाधिवेशन जस्तो महत्वपूर्ण अवसरलाई प्रभाव पार्ने भएकाले आन्दोलनकारीका मागहरु सरकारले पूरा गर्ने अवस्थामा बन्द फिर्ता लिन आग्रह गरिएको उहाँले वताउनुभयो ।
तपाईको प्रतिक्रिया