Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – आइसीसी १९ वर्षमुनिको विश्वकपको छनौट प्रतियोगिता अन्तर्गत अफागानिस्तानसँगको खेलमा नेपाल १४१ रनको फराकिलो अन्तरले पराजित भएको छ । आज सिंगापुरमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १४१ रन अन्तरले पराजित भयो । १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलआउट भयो ।

टस जितेर अफगानिस्तानलाई पहिले फिल्डिङको निम्तो दिएको नेपालले २ बल अगावै विपक्षीलाई १९० रनमा अलआउट गरेको थियो। अघिल्लो दुई खेलको प्रदर्शनलाई निरन्तरता दिदै बलरहरुले अफगानिस्तानलाई दबाबमा राखेको थियो। तर त्यही प्रदर्शन ब्याटिङमा भने देखाउन नसक्दा नेपालले फराकिलो हार बेहोर्‍यो।

नेपालका लागि आठौं नम्वरमा ब्याटिङ गरेका पवन सराफले मात्र दोहोरो अंकमा रन बनाए। पवनले ५२ बल खेल्दै ३ चौकाको मद्दतमा २६ रन बनाए। बलिङमा समेत उनले २ विकेट लिएका थिए। कप्तान सन्दीपसहित नेपालका चार खेलाडीले खाता समेत खोल्न सकेनन्।

फराकिलो हारपछि नेपालको विश्वकपमा छनोट हुने सम्भावना कठिन बनेको छ। अर्को वर्ष न्यूजिल्याण्डमा हुने युवा विश्वकपमा स्थान बनाउन नेपालले अब दोस्रो राउण्डको सबै तीन खेल उत्कृष्ट रनरेटले जित्नुपर्नेछ।

तपाईको प्रतिक्रिया