Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले प्रतियोगिताकै बलियो टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अहिले अफगानिस्तानले ब्याटिङ गरिरहेको छ । विश्वकपमा स्थान बनाउन नेपालले यो खेल पनि जित्नैपर्नेछ । नेपालले यसअघि मलेसिया र सिंगापुरलाई हराएको थियो  भने अफगानिस्ताले पनि आफ्ना दुईवटै खेल जितेको छ ।

बलिङमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएपनि यसअघिका खेलमा ब्याटिङमा निकै समस्या देखिएकोले आफगानस्तानविरुद्ध सम्हालिएर खेल्ने प्रशिक्षक जगत टमाटाले बताएका छन् ।

डवल राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप खेल्न पाउनेछ ।

तपाईको प्रतिक्रिया