Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान जारी भएको भोलिपल्टै नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने दाबी गरेका छन् ।
स्वास्थ्यमन्त्री समेत रहेका महतोले अहिलेको अवस्थामा कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने बताए । ‘यो बेमौसमको बाजा हो, बरु नेपाली कांग्रेस र एमाले यही सरकारमा समावेश भएर संविधान जारी गरौं,’ आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतोले भने–  ‘कांग्रेसको नेतृत्वमा चुनावी सरकार पक्का हो, मधेशी मोर्चा त्यसको साक्षी बस्न तयार छ ।
आउँदो २५ दिनसम्म सरकार परिवर्तनको कुरा गर्नै नहुने पनि उनले बताए । ‘संविधान जारीपछि सरकार परिवर्तनका लागि हामी तयार छौं,’ उनले भने– कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन उसले नाम सिफारिस गरे अझै सजिलो हुन्छ, त्यसको जिम्मेवारी मधेशी मोर्चाले लिन्छ ।
उनले सरकार परिवर्तन संविधान नबनाउने षड्यन्त्र भएको ठोकुवा गरे । ‘संविधान जारी हुनुभन्दा पहिले सबै दलबीच जेन्टलम्यान एग्रिमेन्ट गरौं, सरकार परिवर्तन पनि त्यही एग्रिमेन्टअनुसार हुन्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गरोस्,’ उनले भने– अहिले सरकार परिवर्तन गर्दा संविधान निर्माणमा बाधा पुग्छ ।
भूगोल र संस्कृतिलाई एकरुपतामा राखेर संघीयता निर्माण गरिनुपर्ने बताउँदै उनले पहिचानसहित एक मधेस एक प्रदेशबाट मोर्चा पछि नहट्ने दाबी गरे । ‘मधेशको धर्ती मधेशमै रहन्छ,’ उनले भने– मधेश थरुहटको माग एकै हो, मधेश प्रदेश राख्ने कि थरुहट प्रदेश राख्ने सहमतिका आधारमा पहिचानसहितको नाम राख्छौं ।
मन्त्री महतोले संघीयता विरोधीले मिथिला प्रदेशको मागसहित धर्नामा बसेकाहरुमाथि बम प्रहार गरेको र संघीयताविरोधीहरुको सामना मधेशी मोर्चाले गर्ने बताए ।
महतोले सदभावना पार्टीको पाँचौं महाधिवेशन आगामी वैशाख २२, २३ र २४ गते जनकपुरमा हुने जानकारी दिए । महाधिवेशनका लागि ४७ जिल्लाका प्रतिनिधि आउने उनले बताए ।
महाधिवेशनमा पार्टीले नीति तथा कार्यक्रममा छलफल हुने र बन्द सत्र जनकपुर चुरोट कारखानाको हल हुने उनले बताए । उनले सदभावना पार्टीको पाँचौं महाधिवेशनमा जिल्ला–जिल्लाबाट प्रतिनिधि आउन गाह्रो हुन भएकाले सम्पूर्ण बन्दकर्तालाई बन्द फिर्ता लिनसमेत आग्रह गरे । ***
तपाईको प्रतिक्रिया