Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार विरुद्ध अविश्वास प्रस्तावको तयारी बेमौसमको बाजा भएको टिप्पणी गरेका छन् । उनले नयाँ संविधानको कामलाई थाँती राखेर अविश्वासको प्रस्तावको तयारी गरिनु अनउपयुक्त भएको बताए ।
एबीसी टेलिभिजनले आयोजना गरेको शान्ति र संविधानका विषयको कार्यक्रममा बुधबार बोल्दै दाहालले माओवादीको आन्तरिक विवादको फाईदा  उठाउँदै कांग्रेस र एमालले त्यस्तो कुरा गरेपनि त्यो सफल नहुने बताए । उनले वर्तमान सरकार ढाल्न खोजिए मुलुकमा अराजकता उत्पन्न हुनसक्ने उल्लेख गरे । संविधान घोषणापछि कांग्रेसको नेतृत्वमा सरकार निर्माणको बाटो खुल्ने उनको भनाई थियो ।
‘मैले जोखिम उठाएर शान्ति प्रक्रिया सम्पन्न गरे,’उनले भने-‘त्यसको मूल्यांकन ईतिहाँसले गर्नेछ ।’ हात्तिवनमा सकारात्मक वार्ता भएपनि पछि कांग्रेस एमालले शासकीय स्वरुप र राज्यको पुनर्संरचनामा विवाद झिकेकोले कुरा नमिलेको उनले बताए । उनले आफूहरुको अडान राष्ट्रपतीय प्रणाली नै रहेको र त्यसले मात्र मुलुकमा स्थिरिता आउने अडान दोहोर्‍याए ।
तपाईको प्रतिक्रिया