Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – बिभिन्न थारु संघ संगठनले आव्हान गरेको तराइ बन्दका कारण आज बुधबार दाङलगायतका पस्चिम तराईको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । चितवनदेखि कञ्चनपुरसम्मको क्षेत्रलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने, सिराहादेखि पूर्वी झापासम्मको क्षेत्रलाइ थरुहट कोचिला प्रदेश र पर्सादेखि धनुषासम्मको भागलाई तराई सिम्रौनगढ स्वायत्त प्रदेश बनाउनुपर्ने लगायतका माग सहित तराइ बन्द आव्हान गरिएको हो ।

बन्दका कारण दाङका घोराही, तुल्सीपुर, लमही र भालुवाङका बजार तथा शैक्षिक संस्था बन्द रहेका छन् । कक्षा १२ को परीक्षा भने चलिरहेको छ । बन्दले गर्दा दाङबाट बाहिरिने तथा भित्रने कुनै पनि सवारीका साधन चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । थारु कल्याणकारिणी सभा, नेपाल लोकतान्त्रिक थारु संघ, थारु राष्ट्रिय मुक्ती मोर्चा, थारु महिला जागरण केन्द्र लगायत ९ वटा संगठनले आज चितवनदेखि कञ्चनपुरसम्मका सबै जिल्ला बन्दको आव्हान गरेका हुन् । ***

तपाईको प्रतिक्रिया