Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – काठमाडौं  उपत्यका विकास प्राधिकरणका लागि नवनियुक्त आयुक्त केशव स्थापितले सहरी विकासको नयां योजना सार्बजनिक गरेका छन ।

उनले कसैलाई विस्थापित गरेर र समस्यामा पारेर नभई सबैको चित्त बुझाएर विकास गतिविधि चलाउने उनले प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धताको पहिलो चरणमा सडकमा ८ हजार सौर्य बत्ती र प्रेमी-प्रेमिकाका लागि घुम्ने तथा मनोरञ्जन गर्ने पार्क निर्माण परेका छन् ।

पदबहालीपछि पहिलोपल्ट आयोजित पत्रकार सम्मेलनमा मंगलबार उनले भने, मुअब्जा दिएर काम विस्तार गरिने छ, सहरवासीलाई न्याय दिन आयुक्त भएको हुँ ।’ अगाडि घर हटाउँदा पछाडिका घरवालाले मुअब्जा दिनुपर्ने गरी कार्यक्रम ल्याउने उनले जनाए । उनको तर्क थियो, ‘सडक विस्तार हुँदा पछाडिको घरको मूल्यांकन पनि त बढ्छ । त्यसअनुसार उसले मुअब्जाका लागि सघाउनुपर्छ ।’  त्यसका लागि दाता र सरकारबाट पैसा नलिई जनताकै सहयोगमा आर्थिक संकलन गरिने बताए ।

लाखौं नागरिकले दैनिक प्रयोग गर्ने सडकमा बत्ती नभएको भन्दै उनले वर्षदिनभित्र आठ हजार सौर्यबत्ती बाल्ने बताए । त्यसबाहेक सहरमा घटो पार्क र हरियाली बढाउने उनको योजना छ । विशेष गरी प्रेम र मनोरञ्जको स्थान अभाव पूर्ति गर्न उनले पहल गर्नेछन् । ‘मायालु जोडी घुम्ने कहीँ त्यस्तो पार्क छैन, जहाँ उनीहरूले राष्ट्र र आफ्नो भविष्यबारे सोच्न सकून्, अब त्यस्तै पार्क म बनाउँछु,’ उनले भने ।

‘धेरै मानिसले मलाई हावादारी गफ गर्छ भन्छन्, अब पाँच वर्षभित्र हेर्नुहोस्, त्यस्तो भन्नेलाई दरो जवाफ दिन्छु,’ उनले भने, ‘सरकारले दिएको जिम्मेवारी र चुनौती पूरा गर्नेछु ।’ उपत्यकालाई युरोपको सहर जस्तै बनाउने दाबी गर्दै त्यसका लागि राजनीतिक सहयोग जरुरी रहेको उनले बताए । उनले अबको पाँच वर्ष कुनै दलको कार्यकर्ता भएर नहिँड्ने बताए । भने, ‘म एमालेको साधारण सदस्य हुँ, कुनै पनि कार्यक्रममा सहभागी हुन्न । पाँच वर्षसम्म उपत्यकाको विकास मात्र सोच्नेछु ।  गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको करिब तेह्र सय रोपनी जग्गामा पौडी पोखरी बनाउने योजना पनि उनले सुनाए । ***

तपाईको प्रतिक्रिया