Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

मुम्बई – भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०ले पूर्व अलराउण्डर तथा कप्तान शास्त्रीलाई भारतीय क्रिकेट टोलीको जिम्मेवारी सुम्पिएको हो ।

शास्त्रीले सन् २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितासम्म भारतीय टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

यस्तै बीसीसीआईले राहुल द्रबिडलाई ब्याटिङ तथा जाहिर खानलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

यसअघि मुख्य प्रशिक्षक अनिल कुम्बलेले यही असार पहिलो साता प्रशिक्षक पदबाट राजीनामा दिएपछि भारतीय क्रिकेट टोली प्रशिक्षकविहीन थियो ।

हाल वेष्टइन्डिजको भ्रमणमा रहेको भारतीय टोलीले प्रशिक्षकबिना नै एकदिवसीय र ट्वेन्टी ट्वेन्टी क्रिकेट शङ्खला खेलिसकेको छ ।

तपाईको प्रतिक्रिया