Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – बंगलादेशसँगको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल विजयी भएको छ । आज एन्फा कम्पेक्स सातदोबाटोमा भएको २३ वर्षमुनिको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपालले वंगलादेशलाई १-० ले हराएको हो ।

नेपालका लागि एकमात्र विजयी गोल १९ औं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गरेका हुन् । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाललाई यस प्रतियोगिताले थप हौसला मिल्ने बताइएको छ ।

नेपाली टोलीले आउँदो हप्ता युएईमा हुने एसियन कप छनोट खेल्नेछ । २३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया