Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशबिच मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।

 

टोलीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको बताएका छन् । उनले आउँदो हप्ता युएईमा हुने एसियन कप छनोटका लागि मंगलबारको मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए ।

त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए । दिउँसो हुने खेल हेर्न टिकट अहिले बिहान १० बजेदेखि लिन सकिने एन्फाले जनाएको छ ।

२३ वर्षमुनिको एसिया कप छनौटमा आउँदो हप्ता नेपालले युएईमा घरेलु टोलीसहित, उज्वेकिस्तान र लेबनानसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया