Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – आईसीसी यु-१९ विश्वकपको एसिया छनोटको तयारीमा जुटेको नेपाली युवा टोलीले लगातार तेस्रो जित हात पारेको छ । भारत भ्रमणमा रहेको नेपाली यु-१९ क्रिकेट टोलीले आरपी सिंह एकेडेमीलाई ६० रनले हराउँदै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको आरपी सिंह एकेडेमीले ३२.५ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो ।

नेपाली युवा बलरको धारिलो बलिङमा आरपी एकेडमीका कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । एकेडेमीका लागि उत्कर्ष सुरीले २८ र बोवी यादवले २६ रन बनाए । नेपालका लागि पवन सर्राफ र शाहव आलमले समान ३-३ विकेट लिए । त्यस्तै, सन्दिप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४५.२ ओभरमा सबै विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।

नेपालका लागि ओपनिङमा आएका सन्दिप सुनारले ४६ रन बनाए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ३९ र प्रनित थापामगरले ३३ रनको योगदान दिए । आर. पी. सिंह एकेडेमीका लागि हर्षित सेठीले ४ विकेट लिए । नेपाली यु-१९ टोलीले चौथो अभ्यास खेल मंगलबार खेल्दैछ । अभ्यासकै दौरानमा नेपाली युवा टोलीले यसअघि २ खेलमा जित हात पारेको थियो ।

नेपालले पहिलो खेलमा फ्रेन्ड्स स्पोर्ट्स एकेडेमीलाई १ सय २१ रनले जितेको थियो । त्यस्तै, दोस्रो खेलमा दिल्लीको गुरुग्राम स्पोर्ट्स एकेडेमीलाई २४९ रनले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया