Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघले आयोजना गर्ने ए.एफ.सी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमार्फत नेपालले अन्तर्राष्ट्रिय फुटसलसमा डेब्यु गर्न लागेको हो ।

प्रतियोगिताका लागि मलेसियाको क्वालालम्पुरमा निकालिएको खेल तालिकामा नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपालसँगै उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान छन् ।

उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिता यही असोज २७ गतेदेखि ईरानमा हुनेछ ।प्रतियोगिताको समूह ‘बी’मा ईरानसँगै ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।

छनौट चरण पार गर्न सके नेपालले माघ २३ गतेदेखि हुने अन्तिम चरणको प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने निर्णय गरे पनि हालसम्म नेपालको राष्ट्रिय फुटसल टोली छैन ।

अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल समितिले यही अगष्ट महिनामा फुटसल लिग गराएर राष्ट्रिय टोली छनौट गर्ने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया