Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

रुस – चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ ।

गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई १–० ले हराउँदै जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि उचालेको हो ।

२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक बन्यो । चिलीका मार्सेलोलो दिएजको गल्तीको फाइदा उठाउँदै स्टिन्डलले गोल गरेका हुन् ।

फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो । पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे ।

पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।

तपाईको प्रतिक्रिया