प्यूठान – प्यूठानको माण्डवी गाउँपालिकामा एमालेका उम्मेदवार श्रीधर रोका १२ मतले विजयी हुनुभएको छ । एमालेका श्रीधर रोका १७५३ मतसहित विजयी हुनुभयो भने माओवादीका नवराज अधिकारीले १७४१ पाउनुभयो ।
उपाध्यक्ष माओवादी केन्द्रकी मुगा पुन मगर १८३५ मतसहित विजयी हुनुभयो भने एमालेकी सम्झना घर्तिमगरको १७६९ मत अएको छ । योसँगै प्यूठानमा एमालेले सरुमारानी र माण्डवी गाउँपालिकामा विजयी भएको छ ।
राष्ट्रिय जनमोर्चा यसअघि नै २ तहमा विजयी भएको थियो । अन्य ५ स्थानीय तहमा मतगणना जारी छ ।