Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमाले ४८ स्थानमा जित दर्ता गरेको छ भने नेपाली कांग्रेस ३७ स्थानमा विजयी भएको छ । यस्तै माओवादी केन्द्र १८ स्थान विजयी भएको छ भने, जनमोर्चा २ र संघीय समाजवादी फोरमले १ स्थानीय तहमा जीतेका छन् ।

दोस्रो चरणमा निर्वाचन भएका तहमा एकमात्र महानगरपालिका विराटनगरमा कांग्रेसले अग्रता लिइरहेको छ । सात उपमहानगरमध्ये धनगढी, इटहरी र धरानमा पनि कांग्रेसकै अग्रता छ । बुटवल, घोराही र तुलसीपुर उपमहानगरमा एमालेको अग्रता छ । बाँकेको नेपालगन्ज उपमहानगरमा भने राप्रपा नेपालका उम्मेदवार धवलशमशेर राणाले अग्रता लिइरहेका छन् ।

यस्तै एमालेले ७४ स्थानीय तहमा अग्रता लिइरहेको छ, भने कांग्रेसले ७६ र माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिइरहेका छन् । अन्य दलहरूले ११ स्थानीय तहमा अग्रता लिइरहेको प्रारम्भिक परिणामले देखाएको छ ।

कुन दलका उम्मेदवारले कुन स्थानीय तह जिते सूचि हेर्नुहोस्ः

एमालेले जितेका स्थानीय तहः

१. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
२. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
३. हिलिहाङ गाउँपालिका, पाँचथर
४. कुम्मायक गाउँपालिका, पाँचथर
५. सन्दकपुर गाउँपालिका, इलाम
६. चुलाचुली गाउँपालिका, इलाम
७. मादी नगरपालिका, संखुवासभा
८. सभापोखरी गाउँपालिका, संखुवासभा
९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१०. छथर गाउँपालिका, तेह्रथुम
११. हतुवागढी गाउँपालिका, भोजपुर
१२. पौवादुम्बा गाउँपालिका, भोजपुर
१३. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१४. टेम्के मैयुम गाउँपालिका, भोजपुर
१५. लामीडाँडा गाउँपालिका, खोटाङ
१६. जन्तेढुंगा गाउँपालिका, खोटाङ
१७. केपिलासगढी गाउँपालिका, खोटाङ
१८. पाख्रिबास नगरपालिका, धनकुटा
१९. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा
२०. छथर जोरपाटी गाउँपालिका, धनकुटा
२१. चाैबीसे गाउँपालिका, धनकुटा
२२. सोताङ गाउँपालिका, सोलुखुम्बु
२३. दूधकोशी गाउँपालिका, सोलुखुम्बु
२४. ताप्ली गाउँपालिका, उदयपुर
२५. उदयपुरगढी गाउँपालिका, उदयपुर
२६. मस्टा गाउँपालिका, बझाङ
२७. गौमुल गाउँपालिका, बाजुरा
२८. पाण्डवगुफा गाउँपालिका, बाजुरा
२९. स्वामीकार्तिक गाउँपालिका, बाजुरा
३०. पञ्चेश्वर गाउँपालिका, बैतडी
३१. अमरगढी नगरपालिका, डडेलधुरा
३२. नवदुर्गा गाउँपालिका, डडेलधुरा
३३. सायल गाउँपालिका, डोटी
३४. थलारा गाउँपालिका, बझाङ
३५. बित्थडचीर गाउँपालिका, बझाङ
३६. तेलकोट गाउँपालिका, बझाङ
३७. दुर्गाथली गाउँपालिका, बझाङ
३८. नौगाड गाउँपालिका, दार्चुला
३९. अपिहिमाल गाउँपालिका, दार्चुला
४०. लेकम गाउँपालिका, दार्चुला
४१. सुस्ता गाउँपालिका, नवलपरासी
४२. तिनाउ गाउँपालिका, पाल्पा
४३. निस्दी गाउँपालिका, पाल्पा
४४. पूर्वखोला गाउँपालिका, पाल्पा
४५. मालिका गाउँपालिका, गुल्मी
४६. रेसुङ्गा नगरपालिका, गुल्मी
४७. रुरु गाउँपालिका, गुल्मी
४८. त्रिवेणी गाउँपालिका, रोल्पा

कांग्रेसले जितेका स्थानीय तह

१. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ
३. तुम्वेवा गाउँपालिका, पाँचथर
४. चिचिला गाउँपालिका, संखुवासभा
५. भोटखोला गाउँपालिका, संखुवासभा
६. सिलिचुङ गाउँपालिका, संखुवासभा
७. दिप्रुङ गाउँपालिका, खोटाङ
८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ
९. भोजपुर नगरपालिका, भोजपुर
१०. अरुण गाउँपालिका, भोजपुर
११. गुल्मी दरबार गाउँपालिका, गुल्मी
१२. चन्द्रकोट गाउँपालिका, गुल्मी
१३. प्रतापपुर गाउँपालिका, नवलपरासी
१४. सुनवल नगरपालिका, नवलपरासी
१५. माथागढी गाउँपालिका, पाल्पा
१६. राजपुर गाउँपालिका, दाङ
१७. शैल्यशिखर नगरपालिका, दार्चुला
१८. महाकाली नगरपालिका, दार्चुला
१९. मालिकार्जुन गाउँपालिका, दार्चुला
२०. काँडा गाउँपालिका, बझाङ
२१. बुंगल नगरपालिका, बझाङ
२२. सुर्मा गाउँपालिका, बझाङ
२३. त्रिवेणी नगरपालिका, बाजुरा
२४. छेडेदह गाउँपालिका, बाजुरा
२५. बडिमालिका गाउँपालिका, बाजुरा
२६. हिमाली गाउँपालिका, बाजुरा
२७. आलिताल गाउँपालिका, डडेलधुरा
२८. गन्यापधुरा गाउँपालिका, डडेलधुरा
२९. भागेश्वर गाउँपालिका, डडेलधुरा
३०. केआर्इसिंह गाउँपालिका, डोटी
३१. बडिकेदार गाउँपालिका, डोटी
३२. दशरथ चन्द नगरपालिका, बैतडी
३३. सुर्नया गाउँपालिका, बैतडी
३४. शिवनाथ गाउँपालिका, बैतडी
३५. कमलबजार नगरपालिका, अछाम
३६. जोशीपुर गाउँपालिका, कैलाली
३७. छत्रदेव गाउँपालिका, अर्घाखाँची

माओवादीले जितेका स्थानीय तह

१. लिखुपिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा
४. साकेला गाउँपालिका, खोटाङ
५. आमचोक गाउँपालिका, भोजपुर
६. बंगलाचुली गाउँपालिका, दाङ
७. सिस्ने गाउँपालिका, रुकुम
८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम
९. भूमे गाउँपालिका, रुकुम
१०. थवाङ गाउँपालिका, रोल्पा
११. सुनछहरी गाउँपालिका, रोल्पा
१२. माडी गाउँपालिका, राेल्पा
१३. सुकीदह गाउँपालिका, रोल्पा
१४. दुर्इखोली गाउँपालिका, रोल्पा
१५. लालझाडी गाउँपालिका, कञ्चनपुर
१६. अजयमेरु गाउँपालिका, डडेलधुरा
१७. बोगटान गाउँपालिका, डोटी
१८. मार्मा गाउँपालिका, दार्चुला

राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान
२. झिम्रुक गाउँपालिका, प्यूठान

संघीय समाजवादी फोरमले जितेको स्थानीय तह

१. नैनापुर गाउँपालिका, बाँके

तपाईको प्रतिक्रिया