Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- माओवादी पोलिटब्युरो सदस्य अग्नि सापकोटाले अविश्वास प्रस्ताव ल्याएर सरकार ढाल्न कांग्रेस र एमालेलाई चुनौती दिए । ‘यो चियाको कपमा उठेको तुफानमात्र हो,’ उनले भने– माओवादी र मधेसवादीबीच एग्रिमेन्ट भइसकेको छ । हामी फेस गर्न तयार छौं ।
सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा  सापकोटाले अविश्वास प्रस्तावका पक्षमा माओवादीका कुनै सभासदले मत नहाल्ने र हाले कारबाहीमा पर्ने उनले बताए ।
‘मोहन वैद्य पक्षले चाहेर बाबुराम सरकारलाई रौजति पनि हल्लाउन सक्दैन,’ नेता सापकोटाले भने, ‘वैद्य र सिपी गजुरेलले बोलेको कुन कुरा पूरा भएको छ ? उनीहरुले समाचारका लागि मात्र बोलेका छन् । पार्टीमा उनीहरुको हैसियत तपाईंहरुले थाहा पाइसक्नुभएको छ ।’
संविधान बनाएर निकास दिने अवस्थामा सरकार ढाल्छु भन्नु तुक नभएको उनको भनाइ थियो ।  ‘प्याकेजमा सहमति भएर राष्ट्रिय सहमति नबनेसम्म बाबुराम सरकार ढल्दैन,’ उनले भने– हाम्रो पार्टी फुट्दैन, टुक्रँदैन । केही उच्छृंखल नेताहरु चोइटिएर जान सक्छन् । त्यसले हामीलाई केही फरक पर्दैन ।
तपाईको प्रतिक्रिया