Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्तावमार्फत डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रमम कांग्रेस नेता नारायण खडका र एमालेका शंकर पोखरेलले त्यसका निम्ति माओवादीको मोहन वैद्य किरण समूह र मधेसवादीका असन्तुष्ट सभासदसँग कुराकानी भइरहेको बताए ।
‘अब रत्नपार्कको चटके जस्तो प्रचण्डको पाराले संविधान टुंगोमा पुग्दैन,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले भने, ‘जसरी हुन्छ, बाबुराम भट्टराईलाई टिकाउने र सत्ता कब्जा गर्ने रणनीति भएकाले अविश्वास प्रस्ताव ल्याउन लागेका हौं । अविश्वास प्रस्तावका पक्षमा बहुमत पुगिसकेको छ ।’
बाबुराम नेतृत्वको सरकार रहेसम्म संविधान निर्माण, शासकीय स्वरुप र संघीयताका विषयमा सहमति बन्न नसक्ने उनको भनाइ थियो ।
साक्षात्कारमा एमाले सचिव शंकर पोखरेलले संविधान जारी गर्नका लागि सरकार परिवर्तन अत्यावश्यक भइसकेको दाबी गरे ।
‘हामी चाहन्छौं, अविश्वासको प्रस्ताव ल्याउनुभन्दा सहमतिको आधारमा सरकार निर्माण होस्,’ पोखरेलले भने, ‘हामी ट्रयाक वानबाटै सहमतिको प्रयास गर्छा, त्यसो हुन सकेन भने ट्रयाक टुबाट प्रधानमन्त्री भट्टराईलाई विदाई गर्छौं ।’
पोखरेलले माओवादीभित्रको अनुचित झगडाले संविधान निर्र्माण, शासकीय स्वरुप र संघीयताको विषय टुंगोमा नपुगेको दाबी पनि गरे । उनले भने– प्रमुख दलहरु सम्मिलित  राष्ट्रिय सहमतिको सरकार नबनी संविधान असम्भव छ ।
तपाईको प्रतिक्रिया