Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ६ वटा वडा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी ३२ वटै पदमा एमाले उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्षमा एमालेका हरि रोकाया २२४० मत ल्याएर विजयी हुनु भएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर रोकायाले १५४१ मत प्राप्त गर्नुभयो ।
बाजुराका ९ स्थानीय तहमध्ये ३ गाउापालिकाको परिणाम आउादा एमालेले पाण्डवगुफा र गौमुल गाउँपालिका एमालेले जितेको छ भने छेडेदहमा कांग्रेसले जितेको छ ।

उता बैतडीको पन्चेश्वर गाउँपालिकामा पनि एमाले बिजयी भएको छ । एमालेका गोरखबहादुर चन्द २ हजार ६०८ मतका साथ बिजयी हुनु भएको छ भने उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट २ हजार ४२४ मतका साथ बिजयी हुनु भयो ।

तपाईको प्रतिक्रिया