Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – क्रिष्टियानो रोनाल्डोले आफू जुम्ल्याहा सन्तानको पिता बनेको घोषणा गरेका छन् ।

रुसमा भइरहेको फिफा कनफेडेरेशन कप अन्तर्गत बुधबार राति भएको सेमिफाइनलमा चिलीसँग पराजित भएको केही घण्टापछि रोनाल्डोले आफू जुमल्याहा सन्ताको पिता बनेको बताएका हुन् ।

केही हप्तादेखि पोर्चुगिज सञ्चामाध्यमले रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको बताउँदै आएका थिए । तर रोनाल्डोल झण्डै तीन हप्तापछि मात्रै त्यसको पुष्टि गरेका हुन् । रोनाल्डोले आफ्नो फेसबुक पेजमा जुमल्याहा सन्तानसँगको तस्बिर पोस्ट गरेका हुन् ।

सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ रहेको दाबी गरिएको छ । रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका भए ।

रोनाल्डोका जुमल्याहा सन्तानको जन्म गएको यहि ८ मा भएको दाबी गरिएको छ । पोर्चुगिज फुटबल फेडेरेशन एफपिएफले एक वक्तव्य जारी गरेर रोनाल्डोले आफू पिता बनेको खबर कनफेडेरेशन कपका लागि रुस जानु अघि नै गराएको बताएको छ ।

तपाईको प्रतिक्रिया