Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रोल्पा– रोल्पा जिल्लाको सुकीदह गाउँपालिका वडा नम्बर ३को एउटा मतपेटिमा १० वटा मतपत्र जलेको अवस्थामा फेला परेको छ ।  मतपेटिका खोल्दा मतपत्र जलेको अवस्थामा भेटिएपछि दलहरुबीच विवाद भएकाले एक घण्टा मतगणना रोकिएको थियो ।

केही मतपत्र पूर्ण रुपमा नजलेकाले ती मतपत्र गणना हुने भएका छन् । सर्वदलीय बैठकमा बुझिने मतपत्रलाई सदर र नबुझिने मतपत्रलाई बदर मान्ने सहमति भएपछि मतगणना सुचारु भएको छ ।

दलहरुबीच मतपत्र कसरी जल्यो भन्ने विषयमा अनुसन्धान जारी राख्ने र मतगणना नरोक्ने सहमति भएको हो ।  बुधबार पनि रोल्पा नगरपालिका वडा नम्बर १० भनभने मतदान केन्द्रमा एक मतदाताले मतपेटिकाभित्र एसिड हालेका थिए ।

त्यसैले सुकीदहमा पनि मतपेटिकामा मतदाताले नै एसिड हालेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया