Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
विराटनगर- पत्रकार खिलानाथ ढकाल आक्रमणका मुख्य योजनाकार भनिएका युवा संघ नेपाल मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतले सोमबार अदालतसामू आत्मसमर्पण गरेका छन् ।
ढकालमाथि गत वर्षको जेठ २२ गते भएको आक्रमणपछि फरार बस्नेले सोमबार बिहान ११ बजे अदालतसामू आत्मसमर्पण गरेका हुन् ।
एमाले युथ फोर्सका थुप्रै समर्थकसहित बस्नेत त्यहाँ पुगेका हुन।
अदालत परिसरमै बन्दी अभिषेक गिरीमाथि साङ्घातिक आक्रमण गराएलगत्तै त्यही समाचार लेखेको निहुँमा नागरिककर्मी खिलानाथ ढकालमाथि कुटपिट गरिएको थियो। पत्रकार ढकालमाथि आक्रमण गर्ने गिरोहका योजनाकार बस्नेत जेठको अन्तिम सातादेखि फरार थिए।
पर्शुराम अदालतमा रहँदा यहाँको सुरक्षा कडा पारिएको छ । इजलासमा बयान भइरहँदा युवा संघ कार्यकर्ताको उपस्थिति बाक्लो छ ।
तपाईको प्रतिक्रिया