Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

टोकियो – टोकियो ब्रदर्सको आयोजनामा यस बर्ष पनि तेस्रो गोर्खाली रनिङ कप फाइभ ए साइड फुटसल प्रतियोगिता हुने भएको छ । विगतका बर्षहरु झै यस बर्षपनि आगामी जुलाई ३० तारिखका दिन फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

टोकियोको हाचिओजी, २-२ फुजिमोतो कुइनमा हुने प्रतियोगितामा अहिलेसम्म २४ टिमले सहभागिताका लागि नाम दर्ता गराइसकेको कार्यक्रम संयोजक सचिन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि ३० हजार जापानी येन लाग्ने आयोजक टोकियो ब्रदर्सले जनाएको छ । आयोजकका अनुसार  प्रतियोगितामा सहभागी हुने टोलीले जुलाई १० सम्ममा नाम दर्ता गराइसक्नुपर्ने छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई २ लाख २२ हजार २ सय २२ जापानीयेन र दोस्रो हुनेलाई १ एक लाख ११ हजार १ सय ११ जापानी येन प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी, गोल किप्पर, डिफेन्स र सर्वाधिक गोलकर्तालाई जनहि ५-५ हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया