Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – ३५ जिल्लाको ३ सय ३४ स्थानीय तहमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउने क्रम सुरु भएको छ । हालसम्म १२० वटा तहको सुरुआती मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन भएको ३ प्रदेशमध्ये १ र ५ कांग्रेस तथा ७ नम्बर प्रदेशमा एमाले अग्रस्थानमा देखिएको छ । १ नम्बर प्रदेशमा कांग्रेस १८ स्थानमा अगाडि छ भने एमाले १७ र माओवादी केन्द्र ४ स्थानमा अगाडि रहेको छ । यस्तै प्रदेश नम्बर ५ मा कांग्रेस १८ स्थानमा अग्रस्थानमा छ भने एमाले १५ र माओवादी केन्द्र ७ स्थामा अग्रपंक्तिमा रहेका छन् ।

उता ७ नम्बर प्रदेशमा भने एमाले अगाडि देखिएको छ । एमालले १५ स्थानमा अगाडि रहँदा काग्रेस १२ स्थानमा अगाडि देखिएको छ भने माओवादी केन्द्रले ७ स्थानमा अग्रता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेशसमेत रहेको ७ नम्बर प्रदेश तुलनात्मक रूपमा कांग्रेस बलियो भएको ठाउँ हो ।

तर, त्यहाँ एमालेले कडा टक्कर दिइरहेको छ । एमाले बलियो भएको एक र पाँच नम्बर प्रदेशमा एमाले दोश्रो स्थानमा देखिएको छ ।

तपाईको प्रतिक्रिया