Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – डडेल्धुराको अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारले बढी मत ल्याउनु भएको छ । कांग्रेसको आधिकािरक उम्मेदवार कमलसिंह भाटले १२४ मत ल्याउनु भएको छ भने बागी उम्मेवार लोकराज भट्टले १४४ मत ल्याएर उहाँलाई उछिन्नु भएको छ ।

उपाध्यक्षमा पनि आधिकारिक उम्मेदवार कमला बिष्टले भन्दा बागी उम्मेदवार किशोर बिष्टले बढी मत ल्याउनु भएको छ । कांग्रेसको यो आन्तरिक विवादले माओवादी केन्द्रलाई फाइदा पुगेको छ । मुख्य निर्वाचन अधिकृत चिरञ्जिवी गिरीका अनुसार माओवादीका अध्यक्ष उम्मेदवार उमेशप्रसाद भट्ट २४८ मत ल्याएर अगाडि रहनु भएको छ । उपाध्यक्ष कलावती भानले २१६ मत ल्याउनु भएको छ ।

दोस्रो स्थानमा रहेको एमालेका अध्यक्ष उम्मेदवार धनबहादुर साउदले १९५ र उपाध्यक्षका सुष्मिता पन्तले १९८ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया