Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

उदयपुर – उदयुपुरको बेलका र चौदण्डी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । बेलका नगरपालिकामा बिहान ३ बजेदेखि सुरु भएको मत गणनमा कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्बर १ बाट गणना सुरु भएकोमा एक सय मत गन्दा नेपाली कांग्रेसको अग्रता लिएको हो । नेपाली कांग्रेसका मेयरका उम्मेदवार अशोक कार्कीकाले ४६, एमालेका दुर्गा थापा (स्वस्ती) ले ३२ तथा माओवादीका उमेदवार रमण भट्टराईले १२ ल्याउनुभएको छ ।

यस्तै उपमेयरमा पनि कांग्रेसले नै अग्रता लिएको छ । कांग्रेस उम्मेदवार दीपा राईले ४६, एमाले उम्मेदवार राजकुमारी चौधरीले ३८ तथा माओवादी उम्मेदवार गंगासरी राईले ११ मत प्राप्त गनुभएको  छ । यस्तै चौदण्डी  नगरपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

एक सय मत गन्दा नेपाली कांग्रेसका मेयरका उम्मेदवार खगेन्द्र राई ( काजी) ले ५४ तथा उपमेयरका उम्मेदवार रीता चौधरी ५७,  एमालेका मेयर उम्मेदवार नरेन्द्र राउत (कमल) ले २५ तथा उपमेयरका उम्मेदवार कान्ता राईले २८ र माओवादीका मेयर उमेदवार कुमार सिंह कार्कीले १८ तथा उपमेयर उम्मेदवार देवीमाया राईले १४  मत प्राप्त गनुभएको  छ ।

तपाईको प्रतिक्रिया