Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – तीनवटा प्रदेशमा दोस्रो चरणको मतदानमा झण्डै ७०.५ प्रतिशत मत खसेको छ । पहिलो चरणको मतदान वैशाख ३१ गते नै सकिएको भएपनि दोस्रो चरणको मतदान आज भएको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनमा अहिलेसम्म प्राप्त रिपोर्टअनुसार ७०.५ प्रतिशत मत खसेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ ।  प्रवक्ता शर्माले निर्वाचन भएका ३ सय ३४ तहमा कति प्रतिशत मत खस्यो भनेर आधिकारिक तथ्याङक आउन भने केहि समय लाग्ने बताउनुभयो । प्रदेश नम्बर १, ५ र ७ मा मतदान सम्पन्न भएको हो । दोस्रो चरणको निर्वाचनका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्धारण गरिएको ८ हजार ३६४ मतदान केन्द्रमा मतदाताले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गरेका थिए । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि मतदान भएको हो । निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया