काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को असिग्राम मावि मतदान केन्द्रबाट मतदान गनुृभएको छ । सभामुख ओनसरी घर्र्तीले रोल्पा नगरपालिका –७ को बालउदय मावि जङ्कोट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेकपा माओवादीका नेता एवम उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका – १ को तारा मावि बामरुकबाट मतदान गर्नुभएको छ ।
काग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्दियाको बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गर्नुभएको छ । नेता लालबाबु पण्डितले मोरङको महेन्द्रमोरङ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।