Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
जनकपुर- जनकपुरको रामानन्द चोकमा सोमबार बिहान भएको विष्फोटमा चार जनाको मृत्यु भएको छ ।
विष्फोटमा जनकपुर नगरपालिका- ८ का विमल शरण, कलाकार रञ्जु झा, सुरेश उपाध्याय र झगरु मण्डलको मृत्यु भएको हो । विमलको घटनास्थलमै अन्यको उपचारकोक्रममा मृत्यु भएको हो । बिहान १० बजे भएको विष्फोटमा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मिथिला राज्य संघर्ष समितिले बन्द आहृवान गरेको मौकामा विष्फोट गराइएको हो । समितिले तीन दिनदेखि लगातार बन्द गर्दै आएको थियो । घाइतेहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटको जिम्मा कसैले पनि लिएको छैन । विष्फोटमा मृत्यु हुने सवै रामानन्द चोकका हुन् । एकै गाउँका चारजनाको मृत्यु भएपछि रामानन्द चौकमा रुवावासी चलिरहेको छ ।
तपाईको प्रतिक्रिया