Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

डडेलधुरा  – प्रधानमन्त्री शेरबहादुर देउवा भोट हाल्न डडेलधुरा सदरमुकामबाट मतदान केन्द्र जाँदै हुनुहुन्छ ।

आइतबार डडेलधुरा सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गरेपछि सदरमुकाममै रहनुभएका प्रधानमन्त्री देउवा र पत्नी आरजु देउवा गन्यापधुरा गाउँपालिका–१, असीग्राम मावि रुवाखोला मतदान केन्द्रमा भोट हाल्न जाँदै हुनुहुन्छ ।

मतदान केन्द्र डडेलधुरा सदरमुकामबाट १५ किलोमिटर दूरीमा पर्दछ । डडेलधुरामा अहिले पानी पर्न थालेको छ । डडेलधुरामा ७७ मतदान स्थल, ११० मतदान केन्द्र तोकिएको छ । २७४ जनप्रतिनिधिका  लागि ११ सय ११ जनाको उम्मेदवारी परेको छ ।

डडेलधुराको दुई नगरपालिका र ५ गाउँपालिकामा ७५ हजार ७ सय ८० मतदाता छन् । डडेलधुराबाट प्रधानमन्त्री देउवा सहित चार सांसदले व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया